गण्डकीमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

काठमाडौं,२० बैशाख । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

उनीहरु दुवै माओवादी निकट हुन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।

पदमुक्त लगत्तै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here