कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाव संकलन

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस परीक्षण गर्न स्वाव दिएका छन् ।

उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाव दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित सय जनाभन्दा बढीले स्वाव दिएका छन् ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम तय भए अनुरुप आज उनको स्वाब लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here