‘गलत बाटोबाट गरिने नियुक्ति प्रयास रोकेर जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्नुस्’

काठमाडौं, २५ बैशाख । एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएको सन्दर्भमा नेता नेपालले समाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

शनिबा बिहान फेसबुक पेजमा एक स्टाटस लेख्दै सरकारलाई पदपूर्तितर्फ भन्दा कोरोना महामारीसँग जुधिरहेका जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो। मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here