सातामा कारोबार करिब साढे ३६ प्रतिशतले घट्यो

काठमाडौं २५, जेठ । अघिल्लो साताको तुलनामा यो साता सेयर कारोबार रकम करिब साढे ३७ प्रतिशतले घटेको छ । गत साता करिब ४ अर्ब ३३ करोड रुपैयाँ रहेको साताको सेयर कारोबार यो साता घटेर २ अर्ब ७५ करोड रुपैयाँमा सिमित रहेको नेप्सेले जनाएको छ ।

यो साता कारोबारमा आएकामध्ये व्यापार, निर्जीवन बिमा र होटेल बाहेक सबै समूहको परिसूचक घटे । ती मध्ये ‘अन्य’ र सामुहिक लगानीकोषको परिसूचक सबैभन्दा बढी क्रमशः ६१ र ५९ प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ । यस्तै, बैकिङ समूहको परिसूचक ४२.३४, विका सबैंक् ३.३९, वित्त कम्पनी ३२.९८, जलविद्युत ५४.२१, जीवन बिमा ५०.८७, उत्पादन तथा प्रशोधन ४९.५३ र लघुवित्त ४२ प्रतिशतले घटे ।

कारोबारको आधारमा यो साता पनि शिवम् सिमेन्ट नै सबैभन्दा अघि रहयो । साताका प्रमुख १० कम्पनीको सूचीमा शिवम् सिमेन्ट छ । पछिल्ला दुई साता यता बजारमा यो कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै हु्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here