संसद्‍का १६० जनामा कोरोना, यी हुन् पोजेटिभ रिपोर्ट आएका सांसद

काठमाडौं,२५ बैशाख । प्रतिनिधिसभाका २६ जना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

संघीय संसद्‍ सचिवालयको अनुसार स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। संकलन गरिएका १२३५ मध्ये १६० जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यसमध्ये महेश बस्नेतसहित २६ जना सांसदहरु छन् । संक्रमित हुने सांसदहरुमा महेश बस्नेत, मुकुन्द न्यौपाने, मायाँदेवी न्यौपाने, पार्वती डीसी चौधरी, राजेन्द्र प्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लाल बाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमायाँ ढकाल, रामबाबु यादव, गोपाल बहादुर बम, नमीता कुमारी चौधरी र शान्तिमाया तामाङ पाख्रिन छन् ।

त्यसैगरी विना कुमारी श्रेष्ठ, रेनुका गुरुङ, जुली कुमारी महतो, रघुबीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पा कुमारी कर्ण कायस्थ, झलनाथ खनाल, भानुभक्त ढकाल, बीना मगर, भरत कुमार शाह, प्रमोद शाह र दिपक प्रकाश भट्टमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here