काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।
शनिबार नेपाली समय अनुसार राति ९ः४५ बजे डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ ।
सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ ।
यसरी चेक गर्नुहोस्
नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डिभी परेर/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।
डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्।
ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।
नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।
यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।