माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं, २७ बैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए।

कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे नेता रावलले खुलाउन चाहेनन्। सांसदबाटै सामूहिक राजीनामा दिने निर्णयबाट नेपाल–खनाल समूह पछि हटेको छ ।

सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

यस क्रममा उनले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here