माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेको छ ।

विहीबार बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयको अन्तिम दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायतका कुरा गर्न पार्टी अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here