नेपाल लाईफकाे सदावहार बीमा योजना, एक चोटी बीमा गरे आजीवन जोखिम बहन

काठमाडौं, २६ जेठ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले ‘नेपाल लाईफ सदावहार बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ ।

आइतबार देखि लागु हुने योजनामा ‘सदावहार जीवनको लागि सदावहार बीमा योजना’ नारामा कम्पनीले स्किम सार्वजनिक गरेको हो ।

यो योजनाको मुख्य विशेषता भनेको आजीवन जोखिम बहन गर्ने र बीमा अवधि सकिएपछि पनि समर्पण मुल्य प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

उक्त योजनाको लागि न्युनतम बीमाङ्क रकम २ लाख रुपैयाँ कायम गरेको कम्पनीले बताएको छ ।

बीमा खरिदको लागि न्युनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ ।

दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त छुट सुविधा लिनको लागि लागि १६ वर्ष र घातक रोगको सुविधा लिनको लागि १८ वर्ष न्युनतम उमेर तोकिएको पनि कम्पनीले जनाएको छ ।

न्युनतम ५ र अधिकतम् २० वर्ष बीमा शुल्क भुक्तानी अवधि तोकिएको र बीमा शुल्क समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ ।

बीमाशुल्क भुक्तानी एकल वार्षिक, अर्ध—वार्षिक, त्रैमासिकमा गर्न सकिने व्यवस्था रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here