‘रेड्मी नोट १० प्रो’ नेपाली बजारमा सार्वजनिक, यस्तो छ मुख्य विशेषता र मूल्य

काठमाडौं । साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

साओमी नेपालले नेपाली बजारमा ल्याएको रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नोट १० प्रो का रूपमा सार्वजनिक गरेको हो ।

यस्तो छ मुख्य विशेषता र मूल्य

क्यामेरा

क्वाड क्यामेरा सेटअप भएको यस फोनमा सामसङको एचएम टु सेन्सरसहित १०८ मेगापिक्सलको प्राइमेरी लेन्स, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को ५ र २ मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ । त्यस्तै फोनको बीचमा पञ्च होलसहित १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

डिस्प्ले

यो फोनमा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले छ, जुन गोरिल्ला ग्लास फाइभले प्रोटेक्सन गरिएको छ । फोनको पछाडि स्प्ल्यास रेसिस्ट्यान्ट रहेको बताइएको छ ।

प्लेटफर्म

यो फोन अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसरबाट सञ्चालित छ । एन्ड्रोइड ११ मा आधारित फोनमा जीपीयू एड्रेनो ६१८ रहेको छ ।

मेमोरी

यो फोनमा ६ जीबीर६४ जीबी, ६ जीबीर१२८ जीबी र ८र१२८ जीबी स्टोरेज भेरियन्ट छ । जसमा माइक्रो एसडीका लागि डेडिकेटेड स्लट पनि छ ।

ब्याट्री

यो फोनमा ५०५० एमएएचको शक्तिशाली ननरिमुभेल ब्याट्री छ । जसमा आधा घण्टामा ६० प्रतिशत चार्ज गर्ने ३३ वाटको फास्ट चार्जर छ ।

मूल्य

नेपाली बजारमा रेड्मी नोट १० प्रो को मूल्य ३३,९९९ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here