शाओमीको पोको एक्स ३ प्रो नेपालमा, ३२ हजारमा ६ जीबी फोन

काठमाडौं, २ जेठ । शाओमीले नेपालमा पोको एक्स ३ प्रो सार्वजनिक गरेको छ ।

गेमिङ्ग इन्थुजियास्टका लागि विशेषरुपमा बनाइएको भनिएको यो स्मार्टफोनले प्रविधिप्रेमी युवाहरुको अपेक्षा पूरा गर्ने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।

यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४०,००० मा भित्राउँदै छौँ, उनले भने ।

फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा संचालित, पोको एक्स ३ प्रोमा गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजन रहेको छ ।

पोको एफ १ स्न्यापड्रागन ८६०, ८ कोर चिपसेट ७ न्यानोमिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथमा आएको छ । यसमा २.९६ गिगाहट्र्जको फ्रीक्वेन्सी छ ।
एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेमहरु रन हुन्छ ।

पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ÷१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ/२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् ।

यो उपकरणले ३०÷६० एफपीयसमा ४ के भिडियो रेकर्डिङ्ग गर्न सक्छ र कन्टेन्ट व्रिmएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ्ग र एई/एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सहरुलाई प्रस्तुत गर्दछ । यो फोन ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ ।

पोको एक्स ३ प्रो तीन वटा विविध रंगहरुमा उपलब्ध हुनेछः ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाल्डेन ब्रन्ज । यो फोन रु ३१,९९९ (६ जीबी+१२८ जीबी) र रु ३६,९९९ (८ जीबी+२५६ जीबी) मूल्यमा अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा सोमबारदेखि उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here