अर्घाखाँची पी.पी.सी. सिमेन्ट नेपाली बजारमा

काठमाडौं, २६ जेठ । अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आजदेखि बजारमा औपचारीक रुपमा पीपीसी सिमेन्ट नेपाली बजारमा ल्याएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एन.एस चिन्ह प्रदान गरेसँगै कम्पनीले आजैदेखि पि.पि.सी. सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो ।

कम्पनीले बिगतमा ओ.पी.सी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पि.पि.सी. सिमेन्टको उत्पादन थालेको बताएको छ ।

कम्पनीले अत्याधुनीक डेनिस प्रविधिको भिआरएम मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको बताएको छ ।

आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहने कम्पनीको दाबी छ ।

सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं । नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पी.पी.सी. सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं ।’

पी.पी.सी. सिमेन्टको उत्पादन र बिक्री वितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धतामा नयाँ उपलब्धी हासिल गर्न सफल भएको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here