अष्ट्रेलियाले नेपाललाई रू ६३ करोड ५० लाख सहयोग गर्ने

अष्ट्रेलिया । अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ ।

अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

यो दक्षिण एसियाको उत्थानशीलता सबलिकरण गर्न बंगलादेश, श्रीलंका र नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गर्ने १ करोड ७५ लाख अष्ट्रेलियाली डलर मध्येको एक अंश हो।

सहयोगको घोषणा गर्दै अष्ट्रेलियाली राजदुत फेलिसीटी वोल्कले अष्ट्रेलिया नेपालमा अति प्रभावित समुदायमा सहयोग पुर्याउने काम गरिरहेको भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here