माधव निकट युवा नेताको नेतृत्वमा नयाँ पार्टी दर्ता, यी हुन् अध्यक्ष सहित पदाधिकारीहरु

काठमाडौं, ९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिह्न कलम राखिएको छ ।

वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

केही दिनअघि सम्पन्न बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा माधव नेपाल पक्षधर उम्मेदवार डा. खिमलाल देवकोटा कलम चुनाव चिह्नबाटै प्रतिस्पर्धा गरेर विजयी भएका थिए ।

पार्टीको अध्यक्षमा अनेरास्ववियूका पूर्व नेता जीवन राईसहित उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाललाई राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here