गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। पोखरेलले विपक्षी गठबन्धनबाट सरकार गठनका लागि आवश्यक ३१ सांसदको हस्ताक्षरसहित शुक्रबारै दाबी पेश गरेका थिए।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै दाबी गरेका थिए ।

उनको दाबी नपुगेपछि पौडेलले पोखरेललाई नियुक्त गरेकी हुन्। अब उनले आगामी ३० दिन भित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here