भारतमा आज आउँदैछ शक्तिशाली आँधि, समुन्द्री किनारका लाखौं मानिस सुरक्षित स्थानमा

३० जेठ । भारतको गुजरात राज्यमा बिहीबार दिउँसो शक्तिशाली आँधिको चेतावनी दिइएको छ । त्यसको प्रभाव बिहानै देखि देखिन थालेको भारतीय संचारमाध्यमहरुका उल्लेख गरिएको छ ।

बीबीसीका अनुसार आँधिका कारण प्रभावित हुन सक्ने स्थानबाट ३ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार बिहानबाट गुजरातको पोरबन्दरस्थित समुन्द्रमा ठूल्ठूला छाल देखिएका थिए ।

तिब्र गतिमा चलेको हावाले ठूलै आँधिको संकेत गरिरहेको बताइएको छ । भारतीय मौसम विभागका अनुसार सोमनाथ, पोरबन्दर, राजकोट, देवभूमि, द्धारका र कच्छसम्म शक्तिशाली आँधिको प्रभाव देखिनेछ ।

आँधि १ सय ५५ किलोमिटर देखि १ सय ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने अनुमान गरिएको छ । आपतकालिन उद्दार र राहतमा जुट्न सेना, वायुसेना तथा आपतकालिन फोर्सलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

२४ घण्टाका लागि समुन्द्री किनारहरु प्रवेश निषेध गरिएको छ । आँधिले २४ घण्टासम्म विभिन्न प्रकारको प्रभाव देखाइरहन विभागको भनाई छ । आँधिका कारण रेल, सडक र हवाई यातायात प्रभावित भएको छ ।

आँधिका कारण ४० वटा रेल पूर्ण रुपमा बन्द भएका छन् भने २८ रेलसेवा आंशिक प्रभावित हुने भएका छन् । ५ वटा विमानस्थलको सेवा २४ घटाका लागि रद्द गरिएको छ । गुजरातका शिक्षालय बन्द गरिएका छन् ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here