अब चन्द्रमामा फोरजी !

काठमाडौं । चन्द्रमामा मानव बस्तीको कुरा त हामीले केही बर्षदेखि सुन्दै आएका थियौ ।

चन्द्रमामा मोबाइल नेटवर्क, त्यो पनि मानव वस्ती बसाल्नु अगावै । सुन्दा अचम्म लाग्छ । तर बैज्ञानिकहरुले पृथ्वीबाट पर्यटक लैजाने, त्यहाँ मानव बस्ती बसाल्ने कुरासँगै नयाँ योजना सार्वजनिक गरेका छन् ।
जव मान्छेहरु चन्द्रमामा घुम्न वा विदा मनाउन जान्छन्, त्यहाँका फोटो तथा भिडियो सेयर गर्न नेटवर्क आवश्यक पर्छ ।

त्यस्तै त्यहाँ वसोबास गर्नेहरुका लागि पनि सञ्चारका लागि नेटवर्क अत्यावश्यक हुने भन्दै बैज्ञानिक तथा प्राविधिकहरुले चन्द्रमामा नेटवर्क पुर्याउने तयारी थालेका हुन् ।

बेलायतको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनले चन्द्रमामा मोबाइल नेटवर्क बनाउने योजना ल्याएको हो । जर्मनीको भोडाफोन कम्पनीका प्राविधिकहरुको समुहले नोकियासँगको सहकार्यमा फोरजी नेटवर्क बनाउन शुरु गरेककोमा २०१९ भित्र सम्पन्न हुने बताइएको छ ।

फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकिया, जर्मन कार निर्माता कम्पनी आउडी र जर्मनीकै अन्तरिक्ष अन्वेषक कम्पनी पीटीएस साइन्टिष्टसँगको सहकार्यमा भोडाफोनले चन्द्रमामा फोरजी मोबाइल नेटवर्क स्थापना गर्न थालेको हो ।

यसमा टेक्नोलोजी पार्टनरका रुपमा रहेको नोकियाले स्पेस ग्रेड अल्ट्रा कम्प्याक्ट नेटवर्कको विकास गर्नेछ । सो नेटवर्कले लुनार क्वाट्रोलाई एक आपससँग कुराकानी गर्न, पृथ्वीमा फोटो तथा भिडियो पठाउन मात्र होइन बेस स्टेसनसँग पनि सम्पर्क राख्न सक्षम बनाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here