मंगलबारदेखि पठाओ र टुटल सेवा सुचारु हुने

काठमाडौं, ७ जेठ । राइड सेयरिङ सेवा प्रदायक टुटल र पठाओले भोलिदेखि आफ्नो सेवा संचालन गर्ने भएका छन् ।

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर नम्बरका आधारमा निजीसवारी चलाउन दिइने भएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा सुचारु गर्न लागेका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीकै आधारमा चालकहरुले सेवा सुचारु गर्न लागेको पठाओले जनाएको छ ।

चालकले अनिवार्य पञ्जा, मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने छ भने यात्रुले पनि अनिवार्य मास्क लगाउनु पर्ने गर्ने गरी प्रोटोकल बनाइएको छ ।

निषेधाज्ञा लागू भएसँगै दुवै कम्पनीले वैशाख १६ गतेदेखि आफ्नो सेवा बन्द गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here