केपी ओलीको भ्याकेट निवेदन आनन्दमोहन र हरि फुँयालको इजलासमा

काठमाडौं, ८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको रिट निवेदन विरुद्धको सुनुवाई आज हुँदैछ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ । प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेको थियो ।

कर्णाली प्रदेशका ४ जना सांसदले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।

एकतर्फी सुनुवाइका आधारमा भएको सो आदेश खारेजीको माग गर्दै ओली पक्षबाट आइतवार भ्याकेट निवेदन दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here