एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, बरिष्ठ नेता नेपाल पक्ष सहभागी नहुने

फाइलफोटो

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेको लागि बोलाइएको हो । बुधवार बसेको एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा परिणत गरेको थियो ।

बरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरु भने बैठकमा सहभागी नहुने भएका छन् । बिहीवार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रवारको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले पार्टी एकतामा हानी पु¥याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको नेता भिम रावलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here