माधव नेपाल मनाउने दोसो तहका नेताहरुको प्रयास असफल

काठमाडौं, २० असार । नेकपा (एमाले) को पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउने दोसो तहका नेताहरुको प्रयास असफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको हो ।

नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई पठाईसकेको छ ।

नेता नेपाललाई मनाउन आइतबार विहान दुवै समूहका नेता नेपाल निवास कोटेश्वर पुगेका थिए।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र नेपाल समूहका नेता घनश्याम भुसाल कोटेश्वर पुगेका थिए।

उनीहरुले विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेता नेपाललाई आग्रह गरेका थिए। सो अवसरमा आफूहरूले राखेको प्रस्तावमा नेता नेपालले आफूपक्षका नेताहरुसँग छलफल गर्ने प्रतिक्रिया दिएको भेटमा सहभागी एक नेताले बताए।

‘हामीले हस्ताक्षर फिर्ता लिए पार्टी एकताको वातावरण बन्छ भनेका थियौं, तर उहाँले साथीहरुसँग छलफल गरेर खबर गर्छु भनु भयो,’ छलफलमा सहभागी एक नेताले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here