टेस्लाको नयाँ कीर्तिमान, तीन महिनामै बिक्यो २ लाख बढी कार

काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

टेस्लाले पछिल्लो तीन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै कार बिक्रीको नयाँ कीर्तिमान कायम गरेको हो।

कम्पनीले यो अवधिमा कुल २ लाख ६ हजार ४२१ कार निर्माण गरेको थियो। जसमध्ये कम्पनीले २ लाख १ हजार २५० कार ग्राहकलाई डेलिभर गरेको छ।

कोरोना महामारीका कारण कम्पनीको क्यालिफोर्नियास्थित मुख्य उत्पादन कारखाना बन्द हुँदासमेत टेस्लाले २ लाख कार उत्पादन गर्न सक्नुलाई ठूलो उपलब्धि मानिएको छ ।

चीनको सांघाईमा सन् २०१९ को अन्त्यतिरबाट सञ्चालनमा आएको नयाँ कारखाना टेस्लाको भाग्य चम्काउनमा महत्वपूर्ण सावित भएको छ ।

सन् २०२० मा उत्पादित तथा ग्राहकसम्म पुर्‍याइएका टेस्लाका कारमध्ये ठूलो हिस्सा सांघाइमा उत्पादित कार नै रहेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here