प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ ।

दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here