लगानीमा दीर्घकालीन सफलता पाउन के-के कुरामा ध्यान दिने ?

काठमाडौं । सामान्यतया लगानी गर्ने कुनै नियम हुँदैन् । तर, अपवादको रूपमा केही सिद्धान्त भने भेटिन्छन् । सही स्थान र व्यवसायमा लगानी गरी उचित प्रतिफल प्राप्त गर्न ती सिद्धान्तहरू धेरै महत्वपूर्ण मानिन्छन् ।

दीर्घकालसम्म लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न लगानी गर्ने क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउनुपर्छ । लगानीमा दीर्घकालीन सफलता कसरी पाउने भन्ने विषयमा निम्न उपायहरू उपयोगी हुन सक्छन ।

समय वित्दै जाँदा लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल (मुनाफा) प्राप्त गरिरहेका हुन्छन् । तर, सबै लगानीमा हर समय मुनाफा नै प्राप्त हुन्छ भन्ने पनि हुँदैन ।

लगानीको उचित प्रतिफल प्राप्त गर्नका लागि लगानीकर्ताले नियमित लगानी गरेको कम्पनीको वित्तीय अवस्था लगायतको अध्ययन गर्नुपर्दछ । त्यसकै आधारमा लगानी गर्ने कम्पनीको छनोट गर्नुपर्छ ।

कतिपय लगानीकर्ताले शेयर मूल्य घटेको समयमा पनि कुनै दिन पुनः बढने आशमा उक्त कम्पनीका शेयर होल्डिङ् गरिरहेका हुन्छन् ।

यो उचित होईन । यस्तो प्रबृतिले लगनीकर्तालाई कहिलेकाँही नोक्सान पनि हुन सक्छ । त्यसैले निरन्तर घट्दो क्रममा रहेको शेयर बिक्री गर्नुपर्छ भने बढदो क्रमको शेयर खरिद गर्नुपर्छ ।

विभिन्न व्यक्तिहरूले तपाईलाई विभिन्न किसिकमका सल्लाह दिन सक्छन् । सबैले राम्रो सल्लाह नै दिन्छन भन्नेपनि हुँदैन् । त्यसैले अरूले भनेकै भरमा शेयर खरिदबिक्री नगर्नुहोस ।

तपाईलाई कसैले कुनै कुराको जानकारी दियो भने त्यसको वास्तविक तथ्य पत्ता लगाई त्यसको आधारमा निणर्य लिनुहोस । लगानी गर्नु अघि कहाँ र किन लगानी गर्दै हुनुहुन्छ सो कारण पत्ता थाहा पाउनुपर्छ ।

आज तपाईले पाएको सफलता नै विगतमा तपाईले गरेको लगानीको प्रतिफल हो । यदि तपाईले भविष्यमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आजैदेखि सो क्षेत्रमा लगानी शुरू गर्नुहोस । अर्थात लगानी गर्दा अल्पकाल भन्दा पनि दीर्घकाललाई लक्षित गर्नुपर्छ ।

दीर्घकालमा राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ । लगानी गर्दा जहिलेपनि उक्त कम्पनीको भविष्यलाई ख्याल गरेरमात्र लगानी गर्र्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here