कारोबारको दुईघण्टा:शेयर बजारमा उछाल, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २७ असार । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से ५१.५७ अंकले बढेर २८७६.६० विन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१६ कम्पनीको ९५ लाख १ हजार ३३५ कित्ता शेयर ३८ हजार ५८१ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ६१ करोड २१ लाख ७० हजार ९२३ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको ८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दुई कम्पनीको शेयर १० प्रतिशतसम्म बढेर सर्किट लागेको छ । अन्यको भने पोजेटिभ सर्किट लेभलले नै बढेको छ ।

गोर्खाज फाइनान्स, मल्टिपपोज फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स,सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र सम्वृद्धी फाइनान्सको शेयरमा पोजेटिभ सर्किट लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here