मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बिहान बाँडफाँड हुने

काठमाडौं, २७ असार । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर आइपीओ सोमबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटले केन्द्रिय कार्यालमा बिहान साढे ९ बजे हुने बाँडफाँड गर्न लागेको हो ।

इन्स्योरेन्सले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । जसमा २० लाख बढीले आवेदन दिएका छन् ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

निष्काशन हुने कुल शेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणको लागि खुल्ला गरेको थियो ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here