नेप्से ११.३६ अंकले घट्यो, साढे ९४ करोडको सेयर कारोबार

काठमाडौं १, असार । आइतबार नेप्से परिसूचक ११.३६ अंकले घटेर १ हजार २ सय ५८.२७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो ०.८९ प्रतिशतले कम हो ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेकाले समग्र नेप्से परिसूचक घटेको हो । ती मध्ये लघुवित्त समूहको परिसूचक २.१ र निर्जीवन बिमा समूहको २.०६ प्रतिशतले घटे ।

यस्तै, बैकिङ समूहको परिसूचक ०.६३, होटेलको १.३१, विकास बैंकको ०.७४, जलविद्युतको ०.९, वित्त कम्पनीको १.०८, उत्पान तथा प्रशोधनको १.२९, ‘अन्य’को ०.९८, जीवन बिमाको ०.५७ र सामुहिक लगानी कोष समूहको परिसूचक ०.३५ प्रतिशतले घटे ।

आइतबार १३ हजार ८ सय ६ वटा कारोबारबाट १ सय ७४ कम्पनीका २९ लाख ४७ हजार ६ सय १६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here