कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा

काठमाडौं, १ असार । कुमारी बैंकको अध्यक्षयमा अमिर प्रताप जबरा चयन भएका छन् ।

बैंकको शुक्रवार बसेकोे नवनिर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप जंगबहादुर राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको बैंकले जनाएको छ ।

शुक्रवार सम्पन्न साधारण सभामा बैंक सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप जंगबहादुर राणा र कृष्ण प्रसाद ज्ञवाली निर्विरोध चयन भएका हुन् ।

त्यस्तै सर्वसाधारण सेयरधनी समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामा तथा निवर्तमान सञ्चालक समितिले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here