अमेरिकी अर्बपति जेफ बेजोसले आज अन्तरिक्षमा उडान गर्ने

काठमाडौं । अमेरिकी अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोस सहित अन्य तीन व्यक्ति मंगलबार अन्तरिक्षमा उडान गर्दैछन् ।

बेजोसको यस यात्रामा उनका भाई मार्क बेजोस, ८२ वर्षीय पूर्व पायलट वाली फंक र १७ वर्षका विद्यार्थी ओलिभियर डाइमेन हुनेछन् ।

यी सबै व्यक्तिहरू बेजोसको कम्पनी ब्लू ओरिजिनको अन्तरिक्ष यान ‘न्यू शेफर्ड’ बाट जान्छन् । ब्लू शेफर्ड अन्तरिक्ष पर्यटनलाई बढावा दिनको लागि डिजाइन गरिएको हो ।

न्यू शेफर्डमा ठूलो झ्यालहरू छन् जसले गर्दा सवार सबैजनाले अन्तरिक्षबाट पृथ्वीको सुन्दर दृश्य हेर्न सक्ने बताईएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here