अब पोखरा-नेपालगन्ज नियमित हवाई उडान, साताको तीन उडान गर्दै बुद्ध एयर

काठमाडौं, ८ साउन । बुद्ध एयर काठमाडौं केन्द्रित उडानलाई प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ । जस अन्तर्गत आउँदो १ अगस्त अर्थात साउन १७ गतेबाट पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो । यसअघि यो रुटमा चार्टर्ड उडान मात्र हुने गरेको थियो ।

शुरुवातमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार उडान भर्नेछ । अलिक समयपछि यात्रुको माग अनुसार बुद्ध एयरले दैनिकी उडान भर्ने योजना पनि बनाएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

यस उडानबाट दुबै शहरका जनता लभान्वित हुनेछन् । उडानबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने जोशीको भनाइ छ ।

उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कणरली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने हाम्रो विश्वास छ । साथै नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।

यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरु लखनउ, कानपुर आदि गन्तव्यका पर्यटकहरु प्नि-आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु प्नि सञ्चालन गर्नेछन् ।

बुद्ध एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ ।

बुध्द एयरसँग ७२ सिटे एटीआर-७२ जहाज १० वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here