जहाज चढ्न कोरोना संक्रमितले श्रीमतीको रुप धारण गरेपछि….

Photo by : The Seattle Times

जकार्ता, ८ साउन । कोरोना भाइरसको महामारीका कारण संसारभर यात्रा प्रभावित भएको छ । जसले गर्दा अत्यावश्यक कामका लागि जानै पर्ने मानिसले समेत सास्ती भोग्नु परेको छ ।

यस्तै सास्तीका बीच इन्डोनेसियामा एक् व्यक्तिले हवाई यात्रा गर्न श्रीमतीको भेष धारण गरेका छन् । तर, उनको यो रहस्य उनकै छटपटीका कारण खुलेको छ । घटना इन्डोनेशियाको आन्तरिक उडानको हो ।

बीबीसीका अनुसार यात्राका लागि विमान चढेका एक कोभिड सङ्क्रमित व्यक्तिलाई उडानका क्रममा आकाश मै महिला नभई पुरुष भएको पहिचान गरिएको थियो ।

डीडब्ल्यू भनिएका ती व्यक्तिले श्रीमतीको राहदानी र कोभिड परीक्षण रिपोर्ट लिएर अनुहार पूरै छोपिने निकाब लगाएर जहाज चढेका थिए । सोहीकारण उनले विमानस्थलमा सुरक्षा जाँचमा खटिएकाहरुलाई सजिलै झुक्क्याए ।

उनले उडानको बीचमै निकाब खोलेपछि भने उनको रहस्य खुलेको हो । उडानकै बीचमा उनले पुरुषको कपडा लगाएका थिए । इन्डोनेशियामा जुलाई १९ पछि यात्रामा कडाई गरिएको छ । यो इदको समय हो ।

प्रहरीले ती व्यक्तिलाई विमान अवतरण हुने बित्तिकै पक्राउ गरेको छ । उनको कोभिड परीक्षणबाट पोजेटिभ भएको पाइएको छ । उनलाई होम आइसोलेसनमा पठाइएको छ । निको भएपछि भने उनीमाथि मुद्दा लाग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here