शेयर बजार ओरालो लाग्दा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, ११ साउन । आइतबार एकैदिन ५४ अंकले बढेर इतिहासकै सर्वाधिक विन्दुको रेकर्ड राखेको बजारमा सोमबार सामान्य करेक्शन आएको छ ।

आज शेयर बजार मापक सूचक नेप्से ८.२४ अंकले घटेर ३०५०.४३ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच भएका छन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन लगानीकर्ताको रोजाइका हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहकोे शयेर परेको छ ।

आज ङादी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । ङादीको ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा हिमालयन डिस्ट्रीलरीको शेयर परेको छ । हिमालयन डिस्ट्रीलरीको ३३ करोड ५६ लाख ५२ हजार ९९० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

एनआइसी एशिया बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । एनआइसी एशिया बैंकको ३३ करोड ४१ लाख ६५ हजार ५७५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा कृषि विकास बैकके शेयर परेको छ । कृषिको ३२ करोड ८५ लाख ९२ हजार ३३३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा नेपाल बैंकको शेयर रहेको छ । नेपाल बैंकको ३२ करोड ३१ लाख १५ हजार ६७६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

शेयर बजारमा करेक्सन, ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here