बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा ३४२१ जना संक्रमित थपिए

काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा देशभर ३४२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २४० जनाको पीसीआर २३९१ जनामा र ५०३२ जनाको एन्टिजेन परीक्षणमा १०३० जना गरी ३४२१ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६८६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ जना पुगेको छ । २७ हजार ९०८ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here