काठमाडौं उपत्यकामा ९९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ११ साउन । काठमाडौं उपत्यकामा ९९९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ९९९ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन्। यसैगरी भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here