टाँक, टुथ पिकदेखि अगरबत्तीसम्म विदेशकै भर, बर्षेनी करोडौंको आयात

काठमाडौं, ११ साउन । नेपालमा वार्षिक करोडौं रकमको नेपालको आयात सूची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ।

टाँक, दाँत कोट्याउने सिन्कादेखि अन्य सामान्य कामको लागि प्रयोगका आउने सामग्री आयात हुने गरेको छ । आयात भइरहेकामा कपाल रंग्याउने मेहन्दी, स्याम्पु, मुखमा लगाउने क्रिम, चुइँगम काईँयो, बच्चाको डाईपर, खेल्ने तास, टाँक, अक्षर मेटाउने रबर, दाँत कोट्याउने सिन्का, सिन्के धुप , टुथ ब्रस, टुथ पेष्ट (मञ्जन) लगायत रहेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा टाँकदेखि दाँत कोट्याउने सिन्का करोडौं रकमको आयात भएको छ ।

केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ करोड २१ लाख रुपैयाँ बराबरको टाँक आयात भएको छ । त्यस्तै, १ करोड ४४ लाख रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ ।

कपालमा लगाउने स्याम्पु मात्रै १ अर्ब १५ करोड २४ लाख रुपैयाँको आयात भएको भएको छ । त्यस्तै, बच्चाको डाईपर १ अर्ब ४१ करोडको आयात भएको छ । खाना खाएपछि दाँत कोट्याएर मात्र नभई शौचका बेला प्रयोग हुने कागज (ट्वाइलेट पेपर) का लागि पनि विदेशको भर पर्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here