सुनचाँदी ब्यवसाय सम्वन्धी ऐन ल्याउन ब्यवसायीद्धारा प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीवीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार विहान भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरे ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा ब्यवसाय सञ्चालनमा कठीनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणकालागि सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्वोधनगर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले ब्यवसायीमाथि परेमा समस्या समाधानगर्न सरकार सदैव तयाररहेको बताए ।

प्रधानमन्त्री देउवासँगको भेटकाक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायमा देखिएका समस्याका बिषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here