त्रिभुवन विमानस्थलमा बुद्धका दुई जहाजले गरे आकस्मिक अवतरण

काठमाडौं,११ साउन । काठमाडौंको त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजलाई आकस्मिक अवतरण गराईको छ । एक जहाजमा प्राविधिक गडबडी आएको छ भने अर्को जहाजका एक बिरामी यात्रु बेहोस भइपछि आकस्मिक अवतरण गराइएको हो ।

यस्तो अवस्थामा हुने अवतरणलाई प्राविधिक र मेडिकल आकस्मिक अवतरण भनिन्छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाडौंबाट धनगढीका लागि उडेको जहाज साँझ ६ बजे काठमाडौं अवतरण गराइएको छ ।

यो जहाज करीव ४० मिनेटमा काठमाडौं फर्किएको हो । चितवनको आकासमा पुगेको यो जहाजमा प्राविधिक गडबडी रहेको पाइलटले थाहा पाएका थिए । अर्को जहाज भने काठमाडौंबाट नेपालगन्जका लागि उडेको थियो । यो जहाज साँझ बजे काठमाडौं अवतरण गरेको छ । दुबै जहाजमा चढेका यात्रुलाई भने सम्बन्धित विमानस्थलमा पुर्याउने व्यवस्थ आजै गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here