काठमाडौं, ११ साउन । बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने म्याद थएको छ ।
केन्द्रिय बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन ९संक्षिप्त प्रतिवेदन० प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहको अन्तरिम वित्तीय (प्रतिवेदन संक्षिप्त प्रतिवेदन) मा हरेक त्रयमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने व्यवस्था थियो।























