जीवन विकास लघुवित्तको आइपीओ शेयर धनीको खातामा,कारोबार कहिलेबाट ?

काठमाडौं, १२ साउन । जीवन विकास लघुवित्तको प्राथमिक साधरण शेयर (आइपीओ) डिम्याट खातामा आएको छ । सिडीएससी सोमबारदेखि लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो ।

कम्पनीले JBLB सिम्बोल पाएको छ । कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ। हाल कम्पनीको उक्त आइपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर बिक्री गरेको थियो । यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ । कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here