यी हुन् युट्युवमा सबैभन्दा धेरै पटक हेरिएका ५ भिडियो, पहिलो कुन ?

काठमाडौं । हरेक दिन युट्युवमा हजारौं भिडियो अपलोड हुने गर्छ । यी मध्ये कतिपयले लोभलाग्दो तरिकारले भ्युज पाउछन् ।

नेपालमा पनि कतिपय गीत तथा भिडियोहरुले १० करोडभन्दा धेरै भ्युज पाउन थालिसकेका छन् ।

युट्युवमा भिडियो हेर्ने मानिसहरुको संख्या पछिल्ला दिन बढ्न थालेको छ । केही रम्रा र चाख लाग्दो भिडियो निर्माण गर्ने हो भने त्यो भाइरल हुने धेरै समय लाग्दैन् ।

यस्तो अवस्थामा अहिलेसम्म युट्युवमा सबैभन्दा धेरैपटक हेरिएको भिडियो कुन होला ? र ती भिडियोले कति भ्युज पाएका छन् होला ? यो धेरै मानिसको उत्सुकताको विषय हुनसक्छ ।

हामी आज अहिलेसम्म युट्युवमा सबैभन्दा धेरै भ्युज पाएका ५ भिडियाको बारेमा जानकारी दिदै छौं ।

यी हुन् अहिलेसम्म सबैभन्दा धेरै भ्युज पाएका पाँच भिडियोः

५ः मासा एण्ड दि बियरः रेसिप फर डिजास्टर

सन् २०१२ जनवरी ३१ तारिखमा गेट मुभिज नामक युट्युव च्यानलमा राखिएको यो बालबालिकाहरुका लागि बनाइएको यो भिडियो हो । यो भिडियो अहिलेसम्म युट्युवमा सबैभन्दा धेरै भ्युज पाउने भिडियोको पाँचौं नम्बरमा छ । अहिलेसम्म यो भिडियो ४ अर्ब ४४ करोड ५८ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

यस्तो छ यो भिडियोः

४ः सी यू अगेनः विज खलिफा

अमेरिकन गायक विज खलिफाले सन् २०१५ अप्रिल ७ ताखिमा युट्युवमा राखिएको यो गीत अहिलेसम्म सबैभन्दा धेरै भ्युज पाउने गीतको चौंथो नम्बरमा छ । यो भिडियो अहिलेसम्म ५ अर्ब १९ करोड २८ लाख भन्दा धेरैपटक हेरिएको छ ।

यस्तो छ यो भिडियोः

३ः सेप अफ यूः ईडी शीरन

बेलायतका गायक ईडी शीरनले सन् २०१७ जनवरी ३० तारिखमा आफ्नो युट्युव पेजमा राखेका यो गीत अहिलेसम्म युट्युवमा सबैभन्दा धेरैपटक हेरिएको भिडियोको तेस्रो नम्बरमा छ । यो गीत अहिलेसम्म ५ अर्ब ३९ करोड ८६ लाखभन्दा धेरैपटक हेरिएको छ ।

यस्तो छ यो भिडियोः

२ः डेस्पेसिटोः लुइस फोन्सी

सन् २०१७ जनवरी १२ तारिखमा युट्युवमा राखिएको स्पेनिस गीत डेस्पेसिटो युट्युवको इतिहासमै सबैभन्दा धेरैपटक हेरिएको भिडियोको दोस्रो नम्बरमा छ । यो गीत अहिलेसम्म ७ अर्ब ४६ करोड २७ लाख भन्दम धेरै पटक हेरिएको छ ।

यस्तो छ यो भिडियोः

१ः बेबी सार्क डान्स

सन् २०१६ जुन १८ तारिखमा युट्युबमा राखिएको बालबालिकाको लागि बनाईएको बेबी सार्क डान्स नामक यो भिडियो अहिलेसम्म युट्युवमा सबैभन्दा धेरै भ्युज पाउने भिडियो हो । यो भिडियो अहिलेसम्म ९ अर्ब ३ करोड ८६ लाख भन्दा धेरैपटक हेरिएको छ ।

यस्तो छ यो भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here