गुठी विधेयक फिर्ता, मन्त्री अर्याल भन्छिन्- जनतामा भ्रम उत्पन्न गराउन खाेजियाे

काठमाडाैं, ३ असार । सर्वसाधारण लगायत विभिन्न पक्षबाट व्यापक आलाेचना भएपछि सरकारले गुठी विधेयक फिर्ता गरेकाे छ ।

गुठी सम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न भनि सरकारले गुठी विधेयक, २०७५ राष्ट्रियसभामा पेश गरेकाे थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गरेकाे जानकारी दिइन् ।

मन्त्री अर्यालले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, ‘विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको राष्ट्रिय सभामा पेश भएकाे उक्त विधेयक फिर्ता लिन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here