थप तीन कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

काठमाडौं, १५ साउन । धितोपत्र बोर्डले थप तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डका अनुसार सहास उर्जा कम्पनीलाई १ करोड ५ लाख कित्ता, न्यादी हाइड्रोपावरलाई ४० लाख ५० हजार कित्ता र बुद्धभूमि हाइड्रोपावर कम्पनीलाई १२ लाख कित्ता शेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डले न्यादी हाइड्रोपावरलाई साउन ११ गते र सहास उर्जा तथा बुद्धभूमि हाइड्रोपावरलाई साउन १४ गते शेयर बिक्री गर्न अनुमति दिएको हो ।

यससँगै अबको दुई महिनाभित्रमा यी कम्पनीले स्थानीयलाई शेयर बिक्री खुला गर्नेछन् ।

बोर्डका अनुसार न्यादी हाइड्रोपावरले जारी पूँजीको २७ प्रतिशत र साहास उर्जा र बुद्धभूमि हाइड्रोपावर कम्पनीले जारी पूँजीको समान ३०.३० प्रतिशत शेयर बिक्री गर्न लागेका हुन् ।

न्यादी हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, साहास उर्जाको एनआईबिएल एस क्यापिटल र बुद्दभुमी हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here