विश्वमा कोरोना : सक्रिय सङ्क्रमित एक करोड ५० लाखभन्दा बढी

काठमाडौं, १७ साउन । विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो समय दैनिक निको हुनेभन्दा नयाँ थपिने बिरामीको सङ्ख्या धेरै हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो । केही दिनयता विश्वमा एकै दिन पाँच लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । तीन लाख ५० हजारको हाराहारीमा मात्रै निको भएर कोरोनामुक्त हुन्छन् ।

विश्वमा आज (आइतबार) बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख १२ हजार नौ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख २५ हजार चार सय ४६ जना नयाँ बिरामी थपिए । तीन लाख ६८ हजार तीन सय छ जना निको भए ।

विश्वमा हालसम्म १९ करोड ८४ लाख ९७ हजार नौ सय २६ जनामा सङ्क्रमण भइसकेको छ । १७ करोड ९२ लाख ५२ हजार नौ सय २५ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । सक्रिय सङ्क्रमितमध्ये ८७ हजार नौ सय ५६ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा आठ हजार पाँच सय ६० जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म ४२ लाख ३२ हजार ७९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here