काठमाडौं । अमेरिकी टेक निर्माता कम्पनी एप्प्लको कमाई १६ प्रतिशत बढेको छ । एप्पलका सीईओ टिम कुकका अनुसार पछिल्लो तिन महिनामा एप्पलको कमाई ८.२ विलियन अमेरिकी डलर रहेको छ ।
यो रकम अघिल्लो वर्षको सोही समयमको तुलनामा १६ प्रतिशत बढी हो । पछिल्लो समय सार्वजनिक भएको आइफोन १२ को बिक्रीमा वृद्धि भएको कारण कोरोनाको यस्तो भयावह अवस्थामा पनि नाफा बढेको कम्पनीले बताएको छ ।
कुकले भने, ग्राहकहरु आईफोन १२ लाई यसको सुपरफास्ट फाइभजी स्पीड, ए १४ बायोनिक चिप र एडोब भिजन क्यामेराको कारण अति मन पराए । जुन यसअघि अन्य कुनै फोनले दिएको थिएन ।