नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, जीवन विकास लघुवित्त सहित ७ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १९ साउन । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेप्सले ३१०० विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । साताको कारोबारको तेस्रोदिन मंगलबार नेप्से २६.०२ अकले बढेर ३१११ विन्दुमा पुगेको हो । यसअघि नेप्से साउन १३ गते सबैभन्दा धेरै ३०९४ विन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोडको कारोबार भयो ।

आज जीवन विकास लघुवित्त सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा पाँचथर पावर कम्पनी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त, घलेम्दी हाइड्र, यूनियन लाइफ इन्स्योरेन्स, लिवर्टी इनर्जी र स्वाभिमान लघुवित्त रहेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा यूनिलिभर कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.७९ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनीले गर्यो । कम्पनीले ४६ करोड ८२ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here