रेड्मीको पहिलो पानी नपस्ने फोन ‘रेड्मी नोट १० जापान एडिसन’ सार्वजनिक

काठमाडौं । चिनिया स्मार्टफोन निर्माता कम्पनी रेड्मीले आफ्नो पानी नपस्ने पहिलो स्मार्टफोन ‘रेड्मी नोट १० जापान एडिसन’ सार्वजनिक गरेको छ ।

यो फोनमा स्न्यापड्रागन ४८० फाइभजी प्रयोग भएको छ । त्यस्तै यो फोनमा एड्रेनो ६१९ जीपीयू ग्राफिक्सको रहेको छ ।

रेड्मी नोट १० जापान एडिसनमा धुलो नटासिनुका साथै आधा घण्टासम्म पानीमा डुब्दा समेत पानी नपस्ने कम्पनीको दाबी छ ।

बजारमा यो स्मार्टफोन ४ जीबी र्याम र ६४ जीबी स्टारेजका साथ उपलब्ध हुने कम्पनीले बताएको छ । स्मार्टफोनको मूल्यबारे हाल कम्पनीले कुनै जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here