पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार कोष स्थापना

काठमाडौं, २१ साउन । सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) को व्यवस्थापनमा रहनेगरी पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार कोष स्थापना भएको छ ।

स्वर्गिय पवित्रा सिटौला (उप्रेती) को ईच्छा अनुसार समाजसेवा पुरस्कार कोष स्थापना भएको हो ।

तेह्रथुम जिल्ला आठराई ईवामा जन्मिनु भएकी स्व. पवित्रा धेरै बर्ष आमा बुवाका साथ झापा जिल्ला स्थित सुरूंगार घैलाडुब्बा (हाल कनकाई उप नगरपालिका) बस्दै आउनु भएको थियो ।

बिगत २० बर्ष देखि आफ्ना कान्छा भाई तुलसी प्रसाद उप्रेतीसँग सुकेधारा काठमाडौं बस्दै आउनु भएकी उप्रेती एक समाजसेवी थिइन् ।

करिब ५ बर्ष अघि नै आफ्ना बुवा आमाको नाममा धर्मानन्द कौशल्या देवी महिला शशक्तिकरण पुरस्कार कोषको स्थापना गर्नु गरेर भवन निर्माण कोषमा उल्लेखनिय सहयोग पुर्याएकी थिइन् ।

झापा घैलाडुवा, चम्पापुर स्थित गायत्री मन्दिरलाई तथा विभिन्न ठाँउमा रहेका आर्य समाज भवनहरू लगायत व्यक्तिगत तवरमा आवश्यकतामा रहेकालाई सहयोग पुर्याउदै आएकी थिइन् ।

दुर्गादाश उप्रेतीकी नातिनी धर्मानन्द उप्रेती तथा कौशल्या उप्रेतीकी सुपुत्री स्वर्गिय पवित्रा सिटौला उप्रेतीले आफ्नो जीवनकालमा सधैं नै सामाजिक सेवालाई आफ्नो जीवनको मूल उद्देश्य बनाई सक्रिय रहँदै आएकी थिइन् ।

उनको ईच्छा अनुसार भाइ तुलसी प्रसाद उप्रेतीले उक्त पुरस्कार कोषको लागि पाँच लाख एक रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

हाल उक्त कोषको संरक्षक श्री तुलसी प्रसाद उप्रेती नै छन् । संरक्षक उप्रेतीका अनुसार उक्त कोषले जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिला लगायत सामाजिक हक हितमा काम गर्ने सामाजिक संस्था, गैह्र सरकारी संघ संस्था एवम् उल्लेखित क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति छनौट गरि वार्षिक रूपमा पच्चिस हजार रुपैयाको पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्का प्रदान गर्नेछ ।

उक्त कोषको सम्पूर्ण व्यवस्थापन विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) ले गर्ने छ ।
विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र विगत एघार वर्षदेखि अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित छ । स्व. पवित्रा सिटौला उप्रेतीज्यूको यस पवित्र र महान कार्यको संबाहक बन्न पाउदा (SSDRC) ले खुशी व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here