सामान्य अंकले घट्यो नेप्से, ३० करोड ४१ लाखकोे कारोबार

काठमाडौं, ४ असार । बुधबार नेप्से परिसूचक ०.२० अंकले घटेर १ हजार २ सय ५८.४६ झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशत कम हो ।

कारोबारमा आएका समुहहरुको परिसूचकमा घटेकाले समग्र नेप्से परिसूचक घटेको हो ।

बुधबार विकास बैंक, फाईनान्स, लाईफ ईन्स्योरेन्स,उत्पादन तथा प्रशोधनको समुहको परिसूचक बढे भने अन्य सबै समुहको परिसूचक घटे ।

बुधबार ४ हजार ४ सय २८ कारोबारबाट १ सय ६९ कम्पनीका ९ लाख ८० हजार ९ सय १९ कित्ता सेयर किनबेच भए ।

ती किनबेचबाट ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here