बैशाखयता प्राकृतिक विपदमा १५३ जनाको मृत्यु, ६५ करोडको क्षति

काठमाडौं, २३ साउन । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी बाढीपहिरोका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि साउन २२ गतेसम्म विपद्जन्य घटनामा परेर १ सय ५३ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ३४८ जना घाइते भएका छन् भने ३७ जना बेपत्ता भएका छन् ।

बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ। देशभर ६५ करोड ४५ लाख ६५ हजार ९४२ रुपैयाँ बराबरको क्षति भएको छ । १७२५ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा वैशाख १ गतेदेखि साउन २२ गतेसम्मको तथ्याङ्क अनुसार पहिरोमा ३५ बाढीमा २६ र डुबानमा परेर ८ जनाको ज्यान गएको छ ।

यस्तै, चट्याङ्गबाट ३९ जना, आगलागीबाट १२, डढेलोबाट ३ जना, सर्पदशं र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ ।

यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् । नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here