कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा हाललाई स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा पछि सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगित भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको जानकारी दिए ।

बोर्डले परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय गरेको छ । यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

साथै विद्यार्थी संगठन र अभिभावकहरुले पनि परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न तथा नसकेको अवस्थामा स्थगित गर्न माग गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here